ईपीएल: युनाइटेडसँगको हारले आर्सनलको विजयी यात्रा रोकियो  

नेपालभ्युज

ईपीएल: युनाइटेडसँगको हारले आर्सनलको विजयी यात्रा रोकियो  

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलको विजयी यात्रा रोकिएको छ । आइतबार राती म्यानचेस्टर युनाइटेडसँग पराजित भएसँगै आर्सनलको विजयी यात्रामा ब्रेक लागेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३–१ गोल अन्तरले हराएको छ ।

युनाइटेडका लागि मार्कस रासफोर्डले दुई गोल गरे भने एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका लागि बुकायो साकाले एक गोल फर्काए ।

जितसँगै अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १२ अङ्क भएको छ । युनाइटेडले सुरुका दुई वटा खेल गुमाएको थियो । त्यसपछिका ४ खेल लगातार जितेको छ । आर्सनल १५ अङ्कसहित शीर्ष स्थानमा नै छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । जितपछि १३ अङ्क जोडेको ब्राइटन तालिकाको चौथो स्थानमा छ । एक अङ्क मात्र जोडेको लेस्टर पुछारमा ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved