काठमाडौं । आइतबार सेयर बजारमा एकल अंकको सुधार भएको छ । आज नेप्से ६.६८ अंक (०.३४ प्रतिशत) ले बढेर १९७७.३० अंकमा बन्द भएको छ । नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा सुधार भएको छ ।
नेप्से सुधारोन्मुख भएपनि कारोबार रकम भने १ अर्ब ७ करोडमा सीमित भएको छ । गत शुक्रबार दुई घण्टाको लागि मात्रै सञ्चालन हुँदा करिब ७० करोड र बिहीबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो ।
तर, आइतबार नेप्सेमा २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ८ करोड ९१ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख ३७ हजारको कारोबार र नबिल बैंकको ६ करोड ३० लाख ५० हजारको कारोबार भएको छ ।
Facebook Comment
Comment