उपेन्द्र यादवको नाम मोरङ ५ बाट सिफारिस

नेपालभ्युज

उपेन्द्र यादवको नाम मोरङ ५ बाट सिफारिस

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् ।  विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने यसअघिदेखि नै चर्चा थियो । अध्यक्ष आउने टुङ्गो नभए पनि आउन चाहेमा ठाउँ खाली राखिएको जसपा नेताहरू बताउँछन् ।

मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित भए । २०७४ सालमा उनले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।

‘२०७४ सालको निर्वाचनमा मोरङ ५ मा माओवादी केन्द्रबाट शिवकुमार मण्डल निर्वाचित भएका थिए । उनी पुन टिकटको दाबेदार हुन् । काङ्ग्रेसबाट अमृत अर्याल पनि टिकटको दाबेदार छन् भने नेकपा एमालेबाट योगेन्द्र मण्डल टिकटको एकल दाबेदार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved