महिलाको अवस्था परिवर्तन गर्न ‘सांस्कृतिक परिवर्तन’ गर्ने प्रतिबद्धता

नेपालभ्युज

महिलाको अवस्था परिवर्तन गर्न ‘सांस्कृतिक परिवर्तन’ गर्ने प्रतिबद्धता

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कार्यस्थलमा महिलाको अवस्था सुधार गर्न ‘सांस्कृतिक परिवर्तन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत मे महिनामा भएको निर्वाचनमा लेबर पार्टी सत्तामा आएको १०० दिन पुगेको उपलक्ष्यमा सोमबार गरेको सम्बोधनमा अल्बानिजले ‘सुधार र नवीकरण’ को एजेन्डामा परिवर्तन भएको सङ्केत गरेका थिए ।

नेसनल प्रेस क्लब (एनपीसी)सँगको कुराकानीमा उनले भने, ‘भविष्यका लागि योजना बनाउने, दीर्घकालीन रूपमा निर्माण गर्ने, सुधारहरू कार्यान्वयन गर्ने दायित्व सरकारको हो जसले मानिसहरूलाई उनीहरूको क्षमता पूरा गर्ने हरेक अवसर प्रदान गर्दछ ।’

लेबर पार्टीलाई चुनावी जीतको लागि नेतृत्व गरेदेखि आफुले कार्यालयमा एक दिन पनि समयको वर्वाद नगरेको उनको दावी थियो ।

अस्ट्रेलियाको हरीत गृह उत्सर्जन कटौती लक्ष्य बढाउन र कम तलब भएका कामदारहरूको लागि ज्याला बढाउने दिशामा उनले कदम चालेका छन् । स्थानीय उत्पादन उद्योगको पुनरुत्थान, स्वच्छ र सस्तो ऊर्जा, सस्तो बच्चाको हेरचाह र राम्रो सीप र प्रशिक्षणलगायत लेबरको चुनावी सङ्कल्पहरूको सूचीलाई उनले अर्को प्राथमिकताको रूपमा पहिचान गरेका छन् ।

बिहीबारदेखि सुरु भएको सरकारको दुई दिने रोजगार सम्मेलनअघि अल्बानिजले भने, ‘३० वर्ष बितिसक्दा पनि लैङ्गिक असमानता कम भएको छैन ।’ महिलाका लागि आर्थिक समानतामा गम्भीर सुधारको प्रतिवद्धता उनले गरेका छन् । यसका लागि संसदबाट हुने कानुन परिवर्तनभन्दा पनि बढी समय लाग्ने भन्दै अस्ट्रेलियालीहरूलाई संस्कृति परिवर्तन पनि आवश्यक रहेको उनले बताए ।

शुक्रबार दिउँसो शिखर सम्मेलन समाप्तपछि उनले भने, ‘अझै पनि चुनौतीहरू छन्, एक ट्रिलियन डलरको ऋणसहित अस्ट्रेलियाली परिवारहरू जीवनयापनको लागतको दबाबसँग संघर्ष गरिरहेका छन् । ठूला र साना व्यवसायहरूको लागि कर्मचारी र आवश्यक सीपहरूको आवश्यक छ ।’

उनले अगाडि थपे, ‘तर लामो समयपछि पहिलो पटक, मलाई विश्वास छ कि हामी यी समस्याहरूको लागि कसलाई दोष दिने भनेर बहस गर्नुको सट्टा यी समस्याहरू कसरी समाधान गर्ने भन्ने कुरामा सहमतिमा अघि बढ्नेछौं,’ उनले भने । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved