व्यापारिक भवनका बेसमन्ट खाली गर्ने अभियानमा सोमबार जे देखियो (फोटोहरू)

सोमबार पनि काठमाडौं महानगरले बिहानैदेखि विभिन्न क्षेत्रका व्यापारिक भवनका बेसमन्ट खाली गर्ने अभियानलाई निरन्तर दियो। वसन्तपुर, न्युरोड क्षेत्रमा सोमबार साँझसम्म महानगरको टोली सक्रिय भयो।

नेपालभ्युज

व्यापारिक भवनका बेसमन्ट खाली गर्ने अभियानमा सोमबार जे देखियो (फोटोहरू)

काठमाडौं। सोमबार पनि काठमाडौं महानगरले बिहानैदेखि विभिन्न क्षेत्रका व्यापारिक भवनका बेसमन्ट खाली गर्ने अभियानलाई निरन्तर दियो। वसन्तपुर, न्युरोड क्षेत्रमा सोमबार साँझसम्म महानगरको टोली सक्रिय रह्यो।

वसन्तपुर प्लाजा, विशाल बजार, सुरज, आर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खाली गराइयो। कतिपय भवनका बेसमेन्टका खुड्किला भत्काएर पार्किङ गर्न जाने बाटो बनाइयो। कतिपयलाई केही समयकाे अल्टिमेटम दिइएकाे छ। यसअघि मेयर बालेन शाह आफै गएर सुन्धारा तथा बानेश्वर क्षेत्रका अवैध संरचना हटाएका थिए।

पार्किङ बेसमेन्ट पनि खाली गराउन गएका काठमाडौं महानगरपालिकाका कर्मचारीलाई कतिपय स्थानमा व्यापारीले अवरोध गरे। सो क्रममा वादविवाद समेत भयो।  हेरौं सो क्रमका केही तस्वीरहरू।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved