माल्टा पुगेर डा भट्टराईले भने- विदेशका युवालाई राज्यले उपेक्षा गरे असहज परिस्थिति आउँछ

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने विषयमा एमालेले निर्वाचन आयोगलाई आग्रह गरिरहेको बताउँदै कुनै न कुनै रूपमा सम्बोधन हुने बताए।

नेपालभ्युज

माल्टा पुगेर डा भट्टराईले भने- विदेशका युवालाई राज्यले उपेक्षा गरे असहज परिस्थिति आउँछ

काठमाडौं। प्रदेश र संघीय निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने माग उठेको छ। प्रवासी नेपाली मञ्च माल्टाको अधिवेशनमा एनआरएनएका माल्टा अध्यक्ष भुवन अर्यालले देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचनमा कुनै न कुनै रूपमा मतको अधिकार पाउनुपर्ने बताए।

नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले उद्घाटन गरेको कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष अर्यालले देशको भविष्य सुन्दर बनाउनका लागि विदेशमा रहेर रेमिट्यान्समार्फत् साथ दिइरहेका युवालाई राज्यले उपेक्षा गरे असहज परिस्थिति उत्पन्न हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरे।

श्रम बेचेर देशको अर्थतन्त्र सुधारका लागि भूमिका खेलेका युवाको सीप राज्यले प्रयोग गर्नुपर्ने अर्यालले बताए। कार्यक्रममा एमाले विदेश विभाग प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने विषयमा एमालेले निर्वाचन आयोगलाई आग्रह गरिरहेको बताउँदै कुनै न कुनै रूपमा सम्बोधन हुने बताए।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको एनआरएनए अध्यक्ष अर्यालले जानकारी दिए। मञ्चको अध्यक्षमा सत्य नारायण झा, उपाध्यक्षमा येमु राई,सचिवमा बिरोजंग पाण्डे, सह सचिवमा भारत अर्याल र दर्शन लिम्बु चयन भएका छन्। सदस्यमा रोशन सिजापति, अम्बिका दुलाल, नीरज भुजेल, कमल पोख्रेल, सुदिप रायमाझी, हरि पौडेल, लाछु गिरि, पदम खड्का, हरिप्रसाद पौडेल, सपना श्रेष्ठ, सरदा चौधरी, प्रज्वलन आलेमगर, सुमन लिम्बु, सन्तोष रतन, दीपक रेग्मी चयन भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved