शंकर पोखरेलको दाबी : सत्ता गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो 

नेपालभ्युज

शंकर पोखरेलको दाबी : सत्ता गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेसँग प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनले सामर्थ्य गुमाइसकेको बताएका छन्।सोमबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन्।

४ वटा प्राथमिकतामा एमाले पहिलो शक्तिका रुपमा रहेको भन्दै स्वाभिमान स्वाधिनताका पक्षमा एमाले अग्रणी स्थानमा रहेको उनको भनाइ थियो। उनले भने, ‘विकासको प्रश्न पनि मुख्य रुपमा आएको छ। विकासका मुद्दामा पनि एमाले अघि छ भन्ने पुष्टि भएको छ।’ राजनीतिलाई अदालतमा प्रवेश गराउने कुरा गठबन्धनले गरेको महासचिव पोखरेलले बताए।

‘अदालतले जनतामा जाने कुरा रोकेको थियो। हामी जनताको अदालतमा गएर हामी सुल्झाउन चाहन्छौँ। लोककल्याणकारी राज्य तेस्रो कुरा हो। निर्वाचनमा राख्न चाहान्छौँ। हामी ध्रुवीकरणतर्फ लान चाहन्छौँ,’ उनले भने।

नाकाबन्दीको डटेर सामना गरेका केपी ओली सबैभन्दा व्यवस्थित नेता भएको दाबी गर्दै उनले जनतालाई संकट परेका बेलामा अभिभावकका रूपमा पाएको बताए। संविधान बनाउने बेलामा अगुवाइ गर्ने कुरामा ओलीले सफलता हासिल गरेको उनको भनाइ थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved