सभामुख सापकोटाले गरे त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि रुलिङ

नेपालभ्युज

सभामुख सापकोटाले गरे त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि रुलिङ
फाइल तस्वीर

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न आज सभामुख अग्नि सापकोटाले रुलिङ गरेका छन्।

आजको संसद् बैठकको शुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएपछि, सभामुख सापकोटाले भने, ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायत विरोध कार्यक्रमहरूले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ, यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु।’

यसअघि, ज्ञवालीले विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै आपत्ति जनाएका थिए। यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै उनले रुलिङ गर्न माग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved