एनसेलको नेटवर्क डाउन हुँदा सेवा अवरुद्ध

नेपालभ्युज

एनसेलको नेटवर्क डाउन हुँदा सेवा अवरुद्ध

काठमाडौं ।  निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाबाट नेटवर्कभित्र फोन नलाग्ने र अन्य नेटवर्कमा समेत फोन, एसएमएस तथा इन्टरनेट नचल्ने समस्या देखिएको हो ।

सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न सकेको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक अर्जुन घिमिरेका अनुसार एनसेल नेटवर्कभित्र फोन नलागिरहेको र सो बुझ्न त्यसतर्फ कर्मचारी पठाइसकेको छ । यसबारेमा कम्पनीले समेत कुनै सूचना वा धारणा सार्वजनिक गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved