भिजिट भिसामा एकैपटक कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलबाटै फर्काइयो

नेपालभ्युज

भिजिट भिसामा एकैपटक कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलबाटै फर्काइयो

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाटै फर्काइदिएको छ । बुधबार बिहान जजिरा एयरबाट कुवेत जान लागेका महिलाले शंकास्पद कागजात बोकेको पाएपछि प्रहरीले विमानस्थलबाटै फर्काएको हो ।

एकै पटक ठुलो संख्यामा जान लागेका महिलाले बोकेको कागजात शंकास्पद रहेको प्रहरीको भनाई छ । सोधपुछ गर्दा बोकेको कागजात र जान लागेको प्रयोजनबारे मेल नखाएपछि प्रस्थान कक्षकै गेटमै रोकेको प्रहरीले जनाएको छ । दलालले भिजिट भिसामा लगेर श्रम भिसा दिलाउने प्रलोभनमा उनीहरुलाई कुवेत पठाउन लागेको प्रहरीको अनुमान छ ।

यसरी जान लागेका महिलाले सोधपुछ गर्दा कुवेत हुँदै दुबई जान लागेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved