संघीयता असफल भएको छैन, संघले प्रदेशलाई हेप्यो : मुख्यमन्त्री राई

प्रदेशको नामाकरणका विषयमा मुख्यमन्त्री राई एमालेमाथि खनिए । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले प्रदेश १ को नामकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै उनले आफूलाई दोष नदिन आग्रह गरे ।

नेपालभ्युज

संघीयता असफल भएको छैन, संघले प्रदेशलाई हेप्यो : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संघीयता असफल नभएको बताएका छन् । उनले अहिले नै यसको मुल्यांकन गर्ने बेला नभएको पनि बताए ।

संघीयताबारे आयोजित कार्यक्रममा मुख्यम्नत्री राईले संघको नेतृत्वले आफैं अधिकार र बजेट लिएर प्रदेश र स्थानीय सरकारको आलोचना गरिरहेको आरोप लगाए । संघीय मन्त्रीले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राख्ने गरेको भन्दै उनले संघीय सरकारले भन्दा प्रदेश सरकारले बढी योजना बनाएको दाबी गरे ।

मुख्यमन्त्री राईले संघीय सरकारले आफूहरुलाई हेपेको भन्दै अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेशले राम्रो काम गरेको दाबी गरे । उनले अनावश्यक आलोचना नगर्न आग्रह पनि गरे । उनले प्रदेश सरकारको बजेटले ५ वर्षमा १४ वटा पिच सडक बनाउन नसक्ने गुनासो पनि गरे ।

प्रदेशको नामाकरणका विषयमा मुख्यमन्त्री राई एमालेमाथि खनिए । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले प्रदेश १ को नामकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै उनले आफूलाई दोष नदिन आग्रह गरे । यसअघिका सरकारले आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको उनको दाबी थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved