‘मरेको मानिसलाई ब्यूँताइएको’ भन्दै भिडिओ भाइरल, प्रहरीले थाल्यो अनुसन्धान

बुटवलको एक चर्चमा पास्टरले मरिसकेको भनिएकी महिलालाई ब्यूँताएको भन्दै भिडिओ भाइरल बनाएपछि प्रहरीले अनुसन्धान थालेको छ। आइतबार दिउँसो २ बजेर ३९ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा भिडिओ क्लिप राखेर भाइरल बनाइएको छ।

नेपालभ्युज

‘मरेको मानिसलाई ब्यूँताइएको’ भन्दै भिडिओ भाइरल, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं। बुटवलको एक चर्चमा पास्टरले मरिसकेको भनिएकी महिलालाई ब्यूँताएको भन्दै भिडिओ भाइरल बनाएपछि प्रहरीले अनुसन्धान थालेको छ। आइतबार दिउँसो २ बजेर ३९ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा भिडिओ क्लिप राखेर भाइरल बनाइएको छ।

‘विवेक सत्याल’ नामको फेसबुक आइडीमा पोस्ट भएको भिडिओ लाखौँले हेरेकाछन्। झन्डै हजार जनाले सेयर गरेका छन्। २ मिनेट ४५ सेकेन्ड लामो भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जीवित गराएको भनेर उल्लेख गरिएको छ।
कम्मल ओडेर सुतेकी जस्तो देखिने महिलालाई मरेको भनिएको छ। र पास्टरले उठाएर हिँडाउने दौडाउने गरिएको छ। पास्टर गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन्।

मरेको मानिसलाई व्यूँताएको भन्दै समाजमा भ्रामक सन्देश फैलिएको भन्दै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान थालेको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे भन्छन्, ‘‘अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न पाइँदैन। अनुसन्धान भइरहेको छ। दोषीलाई कानुन बमोजिम कारबाही गरिनेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved