प्रचण्ड र नेपालबीच एउटै घोषणापत्र लिएर चुनाव लड्ने सहमति

नेपालभ्युज

प्रचण्ड र नेपालबीच एउटै घोषणापत्र लिएर चुनाव लड्ने सहमति
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर चुनाब लड्ने भएका छन् ।

यसका साथै पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति पनि भएको छ । हात्तिवनमा भएको भेटमा आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved