प्रदीप गिरिको निधनमा भारतीय नेताहरूद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा भारतका नेताहरूले शोक व्यक्त गरेका छन्। सामाजिक संञ्जाल तथा विभिन्न माध्यमबाट उनीहरूले शोक व्यक्त गरेका हुन्।

नेपालभ्युज

प्रदीप गिरिको निधनमा भारतीय नेताहरूद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा भारतका नेताहरूले शोक व्यक्त गरेका छन्। सामाजिक संञ्जाल तथा विभिन्न माध्यमबाट उनीहरूले शोक व्यक्त गरेका हुन्। बिहारका मुख्यमन्त्री नीतिश कुमार, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी, भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता मोहन प्रकाश, बहुजन समाज पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले गिरिको निधनप्रति शोक व्यक्त गरेका हुन्।

बिहारका मुख्यमन्त्री नीतिश कुमारले फेसबुकमार्फत् निधन प्रति दुःख व्यक्त गरेका छन्।

यस्तै भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव येचुरीले गिरि प्रजातन्त्रको अविचलित योद्धा भएको बताएका छन्। उनले, ट्विटमा लेखेका छन्, ‘‘मेरो अनन्य मित्र तथा सहयोद्धा कमरेड प्रदीप गिरिको निधनले गहिरो दुःखमा छु,उनी प्रजातन्त्रको अविचलित योद्धा थिए, नेपालमा राजतन्त्र विरोधी आन्दोलनको नेतृत्व र भारतको सधैँका मित्र थिए । सलाम प्रदीप।’’

त्यस्तै भारतीय कांग्रेसका प्रवक्ता मोहन प्रकाशले गिरिलाई समाजवादी, गान्धीवादी र लोहियावादी भएको उल्लेख गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘‘नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मेरा आत्मिय मित्र सांसद प्रदीप गिरिको निधनमा धेरै दुखी छु। उनी एउटा सच्चा समाजवादी, गान्धीवादी र लोहियावादी थिए र समाजिक विषयमा आफ्नो पुरै जीवन समर्पित गरे ।’’

बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले प्रदीप गिरिको निधनमा व्यक्त गर्ने शब्द नै नभएको भन्दै दुःख व्यक्त गरेका छन्। भदौरियाले ट्विटमा लेखेका छन् ‘‘नेपालका महान् लोकतन्त्रका सेनानी, मेरा परममित्र प्रदीप गिरिको निधनको जानकारी बिहान पाएँ, मनको दुःखको भाव शब्दमा कसरी भनूँ। आज भारतले एउटा मित्र, सही सल्लाह दिने र अन्यायविरुद्ध आवाज बुलन्द गर्ने व्यक्तिलाई गुमाएका छौँ। प्रदीपजीलाई विनम्र श्रद्धाञ्जली।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved