झलनाथ खनालले भने, ‘चुनाव पछाडी सत्ता गठबन्धनको निरन्तरतामा शंका छ’

नेपालभ्युज

झलनाथ खनालले भने, ‘चुनाव पछाडी सत्ता गठबन्धनको निरन्तरतामा शंका छ’
फाइल तस्वीर

बुटवल । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन् ।
आइतबार विहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए । ‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’, खनालले भने ।
उनले इलामको क्षेत्र नं १ मा आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताए । एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले अलग पार्टी गठन गरेको बताउँदै नेता खनालले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved