गिरिको निधनमा कोइरालाको टिप्पणी : ‘समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं’

नेपालभ्युज

गिरिको निधनमा कोइरालाको टिप्पणी : ‘समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमाएको बताएका छन् ।
समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका कोइरालाले बीपीले कल्पना गरेको समाजवादको व्याख्या गर्नसक्ने व्यक्ति गिरि मात्रै भएको बताए । अहिले कांग्रेस पार्टी पनि प्रजातान्त्रिक समाजवादको बाटोमा केही चुकेको उनले बताए । नेता गिरि जस्तो सादगी जीवन बाँच्ने र पदको चाहना नगर्ने व्यक्ति नेपाली राजनीतिमा विरलै पाइने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved