उत्पादन तथा निर्यात बढाउन सके मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ : ढकाल

नेपालभ्युज

उत्पादन तथा निर्यात बढाउन सके मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन् । नेपाल कुचो संघको प्रथप वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा संचितिको समस्या समाधान गर्न कृृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्ने बताए ।

“कृषि उपजहरुको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ । यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्छ,” उनले भने ।

उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा आफूले पहल गर्ने बताए। उनले नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।
“कृषि उपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रर्वद्धन गर्ने र जलविद्युत उत्पादन गरी निर्यात गर्ने जस्ता तीन वटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिट्यान्स क्षेत्रको मात्र भर पर्न नपर्ने हुन्छ,” उनले भने । वरिष्ठ उपाध्यक्ष ढकालले संघको प्रथम वार्षिक साधारणसभाको सफलताको कामना गर्दै संघको साधारणसभाबाट सक्षम र क्रियाशिल नेतृत्व चयन हुने विश्वास समेत राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved