काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर २८७ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबार २८७ वटा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेको सामाजिक संजालमार्फत जानकारी दिए ।
मेयर शाहले फोहोर व्यवस्थापनमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताएका हुन् ।
उनले काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराको देशभर प्रभाव रहने कुराप्रति आफू सचेत रहेको बताउँदै भनेका छन् -‘यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानिय मानेका छौँ ।’
यस किसिमको चासो र खबरदारीको सधैँ आवश्यक रहने भन्दै उनले भनेका छन्-‘तपाईंको साथ, चासो, अपनत्व र खबरदारीका लागि हामी आभारी छौँ ।’
Facebook Comment
Comment