शुक्रबार पुग्यो काठमाडौंको २८७  गाडी फोहोर बञ्चरेडाँडा

नेपालभ्युज

शुक्रबार पुग्यो काठमाडौंको २८७  गाडी फोहोर बञ्चरेडाँडा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर २८७ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहले शुक्रबार २८७ वटा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेको सामाजिक संजालमार्फत जानकारी दिए ।

मेयर शाहले फोहोर व्यवस्थापनमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताएका हुन्  ।

उनले काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराको देशभर प्रभाव रहने कुराप्रति आफू सचेत रहेको बताउँदै भनेका छन् -‘यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानिय मानेका छौँ ।’

यस किसिमको चासो र खबरदारीको सधैँ आवश्यक रहने भन्दै उनले भनेका छन्-‘तपाईंको साथ, चासो, अपनत्व र खबरदारीका लागि हामी आभारी छौँ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved