माओवादीले पदाधिकारी टुंगो लगाउन सकेन, भोलि फेरि छलफल गर्ने

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्ष निस्कन बाँकी रहेको बताए। शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ।

नेपालभ्युज

माओवादीले पदाधिकारी टुंगो लगाउन सकेन, भोलि फेरि छलफल गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्षविहीन भएको छ। शुक्रबार  पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्ष निस्कन बाँकी रहेको बताए। शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ।

आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए। स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरू एकमत रहेको बताए। उनले शनिबारको बैठकले पदाधिकारी चयन गर्ने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved