एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएपछि अपवित्र साँठगाँठ गर्दैछन् – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढदलहरूले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाएका छन्। एमालेसँग एक्ला–एक्लै चुनाव लड्ने हिम्मत नभएपछि अपवित्र साँठगाँठतर्फ लागेको बताए।

नेपालभ्युज

एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएपछि अपवित्र साँठगाँठ गर्दैछन् – ओली

बिर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढदलहरूले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाएका छन्। एमालेसँग एक्ला–एक्लै चुनाव लड्ने हिम्मत नभएपछि अपवित्र साँठगाँठतर्फ लागेको बताए।

गृहजिल्ला झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘‘अरु पनि मान्छे खोजे हुन्छ। त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन। उनीहरुको गठबन्धनका पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन्।’’

उनले मंसिर ४ को चुनावमा एमालेले बहुमत ल्याउने गरी कार्यकर्तालाई परिचालन हुन निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved