पार्टी निकट युवाको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘काम नगरी माथि जान पाइदैन, यो लुडो खेलेको होईन’

नेपालभ्युज

पार्टी निकट युवाको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘काम नगरी माथि जान पाइदैन, यो लुडो खेलेको होईन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले काम नगरी पदमा जाने ललसा नराख्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्‍को कार्यक्रममा अध्यक्ष ओलीले अहिले पार्टीमा केही योगदान नगरी माथिल्लो पदमा जान खोज्ने प्रवृति देखिएको बताए ।

अध्यक्ष ओलीले भने, ‘पार्टीमा योगदान केही छैन । इतिहास केही छैन । कामदाम केही गरेको छैन एकैचोटी प्रधानमन्त्रीमा टप्किने ? लुडो खेल्या हो ?’ प्रतिस्पर्धाका आधारमा मात्रै नेतृत्वमा जान उनले सुझाव दिए ।

उनले काम गरेकालाई मात्रै अघि बढाउने आश्वासन पनि दिए । जसले जे गर्छ त्यसै अनुसारको जिम्मेवारी पाउने उनको भनाई छ । अध्यक्ष ओलीले एमालेमा कहिल्यै नातावाद र कृपावादका आधारमा नेतृत्व चयन नहुने पनि दाबी गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved