अहिले मसँग उपचार गर्ने खर्च पनि छैन : एमाले अध्यक्ष ओली

नेपालभ्युज

अहिले मसँग उपचार गर्ने खर्च पनि छैन : एमाले अध्यक्ष ओली
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति दान गरिसकेकाले उपचारको खर्च समेत नभएको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अहिले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताए ।

उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने भन्दै आफूसँग खर्च नभएको बताए ।

सांसदको तलव/भत्ता बापत केही रकम आउने भएपनि त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए । अध्यक्ष ओलीले यसअघि उपचारका लागि राज्यकोषबाट पटक-पटक गरी १८ करोड भन्दा बढी रकम लिइसकेका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै ओलीले अब आफूसँग केही नरहेको बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved