परराष्ट्रमन्त्री खड्का चीन जाँदै, कुनै पनि महत्वपूर्ण सम्झौता नहुने

मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीनको तीनदिने भ्रमणमा जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का चीन जाँदै, कुनै पनि महत्वपूर्ण सम्झौता नहुने
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाल र चीनका परराष्ट्रमन्त्री सम्झौता आदान-प्रदान गर्दै । (फाइल तश्वीर)

काठमााडौं। परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदै छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीनको तीनदिने भ्रमणमा जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केहि महिनाअघि नेपाल आएका चीनियाँ समकक्षी वाङ यी को निमन्त्रणामा खड्का चीन जान लागेका परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । मन्त्रालयले खड्काको भ्रमणका क्रममा कुनै पनि महत्वपूर्ण सम्झौता नहुने र भ्रमण दुई मुलुकबीचको सम्बन्ध गाढा बनाउनेमै केन्द्रित रहने बताएको छ ।

खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो ।

चीन भ्रमण अघि मन्त्रालयले विभिन्न मन्त्रालयसँग गरेको छलफलमा सहभागिहरुले नयाँ सम्झौता गर्नेभन्दा पनि पुरानोलाई कार्यान्वयनको पक्षमा जोड गर्नुपर्ने बताएका थिए ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले परराष्ट्रमन्त्रीको चीन भ्रमणका दौरान दुई मुलुकबीचका विद्यमान विषयमा छलफल हुने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved