बसको ठक्करबाट घाइते बालकको मृत्यु

नेपालभ्युज

बसको ठक्करबाट घाइते बालकको मृत्यु
सांकेतिक तस्वीर

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको आज उपचारका क्रममा मृत्यु भएको हो ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  ग१क ३०३४ नंको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved