सडकमा हिडिरहेकी महिलाको गरगहना र नगद लुटियो, २ जना पक्राउ

नेपालभ्युज

सडकमा हिडिरहेकी महिलाको गरगहना र नगद लुटियो, २ जना पक्राउ

काठमाडौं ।  सडकमा हिडिरहेकी एक महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट भएको छ । बालाजु सडकमा हिडिरहेकी उनलाई लुटपाट   गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका-३ घर भई हाल टोखा-३ बस्‍दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका-३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दर्जी र महर्जनले साउन २० गते मनमैजु र बानियाँटारमा पनि लुटपाट गरेका थिए।  हाल उनीहरुलाई  प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved