बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी

ओखलढुङ्गाको सुनकोसीमा रहेको एक स्वास्थ्य चौकीमा स्टाफ नहुँदा एक महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ। वडा नम्बर ९ को स्वास्थ्य चौकीमा सोही वडाकी लालीमाया खत्रीले आइतबार उपचार नपाएपछि बाटोमै बच्चा जन्माउनुपरेको हो।

नेपालभ्युज

बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
स्वास्थ्य चौकीमा उपचार नपाएपछि बाटोमै बच्चा जन्माउँदै

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोसीमा रहेको एक स्वास्थ्य चौकीमा स्टाफ नहुँदा एक महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ। वडा नम्बर ९ को स्वास्थ्य चौकीमा सोही वडाकी लालीमाया खत्रीले आइतबार उपचार नपाएपछि बाटोमै बच्चा जन्माउनुपरेको हो।

स्वास्थ्य चौकी प्रमुख भानुभक्त बास्तोलाले नर्सिङ स्टाफ नभएकोले अस्पताल लैजान सुझाव दिएका थिए।

आइतबार सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै उनले छोरा जन्माएकी हुन्। सुत्केरी गराउने काममा स्वास्थ्य स्वयंसेविका मुना श्रेष्ठले सहयोग गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved