बारामा गाँजासहित २ जना पक्राउ

नेपालभ्युज

बारामा गाँजासहित २ जना पक्राउ
फाइल तस्वीर

बारा।  बाराको निजगढ नगरपालिका–११ बाट दुई किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका( ११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार-पसार भइरहेको विशेष सूचनाको पाएलगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्व-पश्चिम राजमार्ग तर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजगढ नगरपालिका–१२ रामथलीका का ३० वर्षीय विजय तामाङ र ३२ वर्षीय सन्तबहादुर लुम्बाले बोकेको झोलाबाट दुई किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशाल बानियाँले जानकारी दिए ।

लागुऔषध फेला परेपश्चात उनीहरू सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved