क्रोएशियामा पोल्याण्डका पर्यटक बोकेको बस दुर्घटना, १२ जनाको ज्यान गयो

नेपालभ्युज

क्रोएशियामा पोल्याण्डका पर्यटक बोकेको बस दुर्घटना, १२ जनाको ज्यान गयो

क्रोएशिया। क्रोएशियामा पर्यटक बोकेको बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् ।

पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको बीबीसीले जनाएको छ ।

घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ । ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका छन् । उनीहरु बोस्नियाको क्याथोलिक तीर्थस्थल मेदजुगोर्जे जाँदै थिए ।

क्रोएशियाका प्रधानमन्त्री डाभोर बोज्निनोभिकले ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै घाइतेहरुको ज्यान बचाउन हरसम्भव कोसिस गर्ने वाचा गरेका छन् ।

पोल्याण्डका २ जना मन्त्री क्रोएशिया पुगेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved