प्रिय पात्र

स्मृतिमा जीवित केही पात्र

उपन्यासमा पात्रहरूको भूमिका महत्वपूर्ण हुन्छ। पात्रहरूका माध्यमबाटै उपन्यास गतिशील हुन्छ। कथावस्तुलाई अघि बढाउने कार्य पात्रहरूले नै गर्छन्। उपन्यास पढ्दा पाठक मूलतः कथावस्तु र पात्रहरूसँग एकाकार भइकन अघि बढ्छ। त्यसैले पात्रहरूले उसको मस्तिष्कमा गहिरो छाप छोड्छन् र स्मृतिमा लामो समयसम्म बाँच्छन्।

स्मृतिमा जीवित केही पात्र

केही उपन्यासका पात्रहरूबाट म गम्भीर रुपमा प्रभावित भएको छु। ती पात्रहरू आज पनि मेरो स्मृतिमा जीवित छन्। त्यस्ता सबै पात्रहरूका बारेमा यहाँ संक्षिप्तमा चर्चा गर्न पनि सम्भव छैन। यहाँ केही पात्रहरूका बारेमा मात्र छोटकरीमा आफ्ना विचार र अनुभूतिहरू प्रस्तुत गरिएको छ।

उपन्यासमा पात्रहरूको भूमिका महत्वपूर्ण हुन्छ। पात्रहरूका माध्यमबाटै उपन्यास गतिशील हुन्छ। कथावस्तुलाई अघि बढाउने कार्य पात्रहरूले नै गर्छन्। उपन्यास पढ्दा पाठक मूलतः कथावस्तु र पात्रहरूसँग एकाकार भइकन अघि बढ्छ। त्यसैले पात्रहरूले उसको मस्तिष्कमा गहिरो छाप छोड्छन् र स्मृतिमा लामो समयसम्म बाँच्छन्।

उनको संघर्षशील चरित्रकै कारण उनको हत्या गरियो। सुवानी आदर्शप्रति प्रतिबद्ध, उच्च मनोबल भएकी, समाजको परिवर्तनका निम्ति जस्तोसुकै त्याग पनि गर्न सक्ने पात्र हुन्। उनको सरल, स्वाभाविक र संघर्षमय जीवनले गहिरो गरी स्पर्श गर्छ र भित्रैदेखि हल्लाउँछ।

२०३९ सालमा प्रकाशित पारिजातको उपन्यास ‘अनिदो पहाडसँगै’ मैले २०४० सालमा पढेको हुँ। उपन्यास २०३५–०३६ सालको विद्यार्थी आन्दोलन एवं परिवर्तनका निम्ति नेपाली समाजमा चलेका अन्य आन्दोलनहरूसँग सम्बन्धित छ।

उपन्यासमा विभिन्न पात्रहरू छन्। उपन्यासका सुवानी र चन्द्रमायाबाट म सबैभन्दा प्रभावित भएको हुँ। त्यस बेला परेको प्रभाव आज पनि छँदैछ। सुवानी आन्दोलनमा सक्रिय विद्यार्थी हुन्। समाजमा जागरण ल्याउने कार्यमा पनि उनी उत्तिकै सक्रिय छिन्। गुण्डाद्वारा बलात्कृत हुँदा र अन्य भौतिक एवं मानसिक यन्त्रणा खप्दा पनि आफ्नो ध्येयबाट विचलित नहुने र नेपाली समाजको परिवर्तनका निम्ति झन् झन् सक्रिय बन्ने सुवानीको चरित्रले नै मलाई सबैभन्दा गहिरो गरी प्रभावित गरेको हो।

उनको संघर्षशील चरित्रकै कारण उनको हत्या गरियो। सुवानी आदर्शप्रति प्रतिबद्ध, उच्च मनोबल भएकी, समाजको परिवर्तनका निम्ति जस्तोसुकै त्याग पनि गर्न सक्ने पात्र हुन्। उनको सरल, स्वाभाविक र संघर्षमय जीवनले गहिरो गरी स्पर्श गर्छ र भित्रैदेखि हल्लाउँछ।

बिर्सनै नसकिने अर्की पात्र चन्द्रमाया पनि हुन्। चन्द्रमायाले जीवनमा खपेको अकथनीय दुःख पढ्दा हृदय पग्लन्छ। जीवन धान्न वेश्यावृत्तिसम्म अँगाल्न पुगेकी उनको जीवनमा डी.एस.पी. भीष्म आलेसँग विवाह भएपछि परिवर्तन त आउँछ तर सुकुम्बासीहरूको आन्दोलनलाई नियन्त्रण गर्न भनी पठाइएका प्रहरीबाटै आफ्नो पतिको हत्या भएपछि र छोरो लाल पनि आन्दोलनमा मारिएपछि उनको जीवनमा दुःखको पहाड खस्छ। तर पनि उनी विचलित हुन्निन्। बरु उनमा नयाँ चेतनाको विकास हुन्छ। अत्यन्त प्रतिकूल परिस्थितिका बीचमा पनि चन्द्रमायामा जुन संयम र चेतना पाइन्छ त्यसले पाठकलाई प्रभावित गर्छ।

‘माधवी’ उपन्यासकी माधवी मलाई गहिरो गरी प्रभावित गरेकी अर्की पात्र हुन्। २०३९ सालमा प्रकाशित यो कृति नेपाली उपन्यास क्षेत्रकै एक विशिष्ट प्राप्ति हो। उपन्यासकार मदनमणि दीक्षितको ज्ञान र प्रतिभाको विलक्षण योग यस उपन्यासमा पाइन्छ। उत्तरवैदिककालीन समाजको तस्बिरलाई उपन्यासमा नियाल्न सकिन्छ।

‘माधवी’ उपन्यासकी माधवी मलाई गहिरो गरी प्रभावित गरेकी अर्की पात्र हुन्। २०३९ सालमा प्रकाशित यो कृति नेपाली उपन्यास क्षेत्रकै एक विशिष्ट प्राप्ति हो। उपन्यासकार मदनमणि दीक्षितको ज्ञान र प्रतिभाको विलक्षण योग यस उपन्यासमा पाइन्छ।

माधवीले खपेको मानसिक यन्त्रणा, उनको स्वतन्त्रता, निजत्व, गरिमा एवं सौन्दर्यमाथि भएको प्रहार, गालवबाट देखाइएको उनीप्रतिको उपेक्षा, यी सबैबाट प्रताडित भएर वनतिर प्रस्थान गरेको कारुणिक दृश्यले हामीलाई गहिरो गरी प्रभावित गर्छ। माधवी उत्पीडित नारीहरूकी प्रतिनिधि पात्र हुन्। त्यो बेलाकी माधवी र आजका माधवीहरूमा धेरै ठुलो अन्तर केही छैन। पितृसत्तात्मक संरचनाबाट नारीहरू आज पनि प्रताडित छन्। माधवीकै कारण ‘माधवी’ अमर छ भन्ने मलाई लाग्छ।

मलाई अर्को मन परेको पात्र नयनराज पाण्डेको ‘उलार’ उपन्यासको प्रेमललवा हो। २०५५ सालमा प्रकाशित यो उपन्यास २०४६ सालको परिवर्तनपछि नेपाली राजनीतिमा देखिएको विकृति एवं सामाजिक जीवनका अन्य पक्षहरूसँग सम्बन्धित छ।

प्रेमललवा गरिब छ र टाङा चलाउँछ। राजनीति गर्ने राजेन्द्रराजमाथि यति गहिरो विश्वास छ कि, तँ उनीबाट ठगिएको छस् भनेर अरूले साँचो कुरा भन्दा पनि पत्याउँदैन। उसको विश्वास र सोझोपना देख्दा अनौठो लाग्छ। तर बिस्तारै प्रेमललवामा आलोचनात्मक चेतना र गलत कुराका बारेमा बोल्ने साहसको विकास हुँदै जान्छ। प्रेमललवाका माध्यमबाट तत्कालीन यथार्थको राम्रो उद्घाटन गरेका छन्, उपन्यासकारले।


Comment

One thought on “स्मृतिमा जीवित केही पात्र

  1. पुस्तकका पात्र चर्चा साहित्यमा सान्दर्भिक नै छ। यहाँको मिठाे लेखन शैलिले आफ्नाे जिवनका सजिव पात्रहरु कै वारेमा लेखन थाले त्याे अझ मिठाे हुनेछ। सजिव पात्रहरु संगकाे लेख,कथा,उपन्यास,सम्वादहरु अत्यन्तै रुचिकर हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved