सत्ता गठबन्धनको निर्णय

सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति गठन

बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सम्मिलित ११ सदस्यीय समिति गठन गरेको हो।

नेपालभ्युज

सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति गठन
फाइल तश्वीर

काठमाडौं। आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि समिति गठन गरेको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सम्मिलित ११ सदस्यीय समिति गठन गरेको हो।

समितिमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन सदस्य रहेका छन्।

नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा  राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्। समितिलाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन बुझाउन भनिएको छ।

पाँच दलबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved