अस्ट्रेलियामा गोली चल्दा तीनको मृत्यु

नेपालभ्युज

अस्ट्रेलियामा गोली चल्दा तीनको मृत्यु
प्रतिकात्मक तस्वीर ।

ब्रिसबेन (एजेन्सी) । उत्तरी अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्विन्सल्यान्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

क्विन्सल्यान्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ ।

घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २ सय मानिस बसोबास गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved