जनार्दन शर्मालाई अर्थमन्त्रीमा दोहोर्‍याउँदा गोरु पनि लजायो : एमाले अध्यक्ष ओली

नेपालभ्युज

जनार्दन शर्मालाई अर्थमन्त्रीमा दोहोर्‍याउँदा गोरु पनि लजायो : एमाले अध्यक्ष ओली
फाइल फोटो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गरेका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे ।

‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला, सरकारलाई लाज लागेन ? ओलीले भने,  ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजसरम किन मान्ने ? कांग्रेसको भनाइ हो ।’

उनले गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताए ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । त्यसपछि शर्माले राजीनामा दिएका थिए ।

संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको पुष्टि नभएको प्रतिवेदन दिएको थियो । त्यसपछि शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved