मन्त्री र सचिवहरूबाट एक वर्षको काम कारबाहीबारे बिफ्रिङ लिँदै प्रधानमन्त्री देउवा

नेपालभ्युज

मन्त्री र सचिवहरूबाट एक वर्षको काम कारबाहीबारे बिफ्रिङ लिँदै प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूबाट सरकारको एक वर्षको काम कारबाहीको बिफ्रिङ लिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो ३: १५ बजेदेखि बसेको बैठकमा प्रधानमन्त्री देउवाले सरकारका काम कारबाहीबारे बिफ्रिङ लिन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सरकारको काम कारबाही चुस्त, प्रभावकारी र जनमुखी बनाउनेबारे सचिवहरूलाई समेत राखेर बैठक बस्न लागेको हो । उनले भने, ‘ सरकार बनेको एक वर्ष भइसकेको छ । योबीचमा कामहरु के के भइरहेका छन् । त्यसलाई प्रभावकारी र चुस्त बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved