गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्न, प्राविधिक समिति गठन

नेपालभ्युज

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्न, प्राविधिक समिति गठन

काठमाडौं। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका प्राविधिक समिति गठन गरेको छ। यही साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारले, सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिए।

मन्त्रालयको सिफारिसमा सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर राजु श्रेष्ठ सदस्य रहनेगरी प्राविधिक समिति गठन भएकोे डा रेग्मीको भनाइ छ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि सो समितिको सदस्य रहने निर्णय भएको छ। समितिले २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्नेछ। समितिले रंगशालाको संरचना, डिजाइन र लागत अनुमान अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ कि छैन भन्ने विषयमा अध्ययन गर्नेछ।

यस्तै, निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमा समेत समितिले सुझाव प्रस्तुत गर्नेछ। रंगशाला निर्माण गर्दै आएको धुर्मुस–सुन्तली फाउन्डेसनले कोरोना कहर र आर्थिक अभावको कारण देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो।

भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेअनुसार अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved