संसदीय समितिले सरकारलाई सोध्यो, एसपीपीबाट बाहिरिने निर्णय किन कार्यान्वयन भएन ?

नेपालभ्युज

संसदीय समितिले सरकारलाई सोध्यो, एसपीपीबाट बाहिरिने निर्णय किन कार्यान्वयन भएन ?

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयन गर्न ढिलाई भएकोमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रश्न उठाएको छ ।

समितिले एसपीपीबाट बाहिरिएकोबारे जानकारी दिन अमेरिकालाई अहिलेसम्म पत्राचार किन नगरिएको हो भन्नेबारे जानकारी दिन सरकारलाई निर्देशन पनि दिएको छ । समितिका सभापति पवित्रा निरौलाले एसपीपीसहिका विषयमा यसअघि दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे सरकारलाई पत्र पठाउने निर्णय गरेको जानकारी दिईन ।

सरकारले एसपीपीबाट फिर्ता हुने निर्णय गरिसकेको अवस्थामा किन पत्रचार नगरिएको हो भन्ने पनि समितिले सोधेको उनले बताईन । यसअघि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्दै त्यस विषयमा अमेरिकालाई जानकारी गराउने बताए पनि अहिलेसम्म पत्राचार गरेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved