कांग्रेस महामन्त्री थापाको चेतावनी, ‘नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्छ’

नेपालभ्युज

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम रहेको भन्दै सचेत गराएका छन् ।

संसद बैठकमा बोल्दै थापाले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले के‍ काम गरिरहेको छ ? भन्दै संसद्लाई जानकारी गराउन माग पनि गरे । उनले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक त्यसको संभावना रहेको चेतावनी दिए । नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न पनि नपाइने सांसद थापाले दाबी गरे ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसद्‍मा जानकारी गराउनुपर्ने उनको माग थियो । विगतमा कालोसूचीमा पर्दापदै बचेको भए पनि यस पटक त्यो खतरा उच्च रहेको थापाको ठम्याई छ ।

फाइनान्सियल एक्सन टास्क फोर्सले अहिले उत्तर कोरिया र इरानलाई कालो सूचीमा राखेको छ । त्यस्तै पाकिस्तान, जोर्डन, टर्की, फिलिपिन्स, यूएईलगायतका २१ देश निगरानीमा छन् । एपीजी मूल्यांकनमा पारदर्शीताबारे अन्तर्राष्ट्रिय मापदण्ड नपुगे नेपाल पनि उक्त सूचीमा पर्ने सम्भावना हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved