भक्तपुरमा रूख ढल्दा बस र स्कुटर किचियो, ३ जनाको मृत्यु, १२ घाइते

नेपालभ्युज

भक्तपुरमा रूख ढल्दा बस र स्कुटर किचियो, ३ जनाको मृत्यु, १२ घाइते

काठमाडौं। भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। घटनामा ३ जनाको मृत्यु, १२ घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेको बताए।

लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ।

मृत्य हुनेमा अन्दाजी बर्ष २३ का विशेष खर्वुजाको परिचयपत्रका आधारमा सनाखत भएका छ। बाँकीको सनाखत हुन बाँकी छ। मृत्यु हुनेमा एक जना स्कुटरका हुन्। भने बसका २ यात्रु हुन्।

तस्वीर- रोशन दानी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved