दुई मिडियाविरुद्ध मेयर बालेन्द्रले दिए उजुरी

नेपालभ्युज

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रेस काउन्सिलमा उजुरी दिएका छन्।

मेयर शाहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन्। महानगरविरुद्ध भ्रामक समाचार छापेको भन्दै उनले कारवाहीको माग गर्दै उजुरी दर्ता गराएको जनाएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘पूर्वाग्रहीपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन। लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केही पहिले आएका भ्रामक समाचारका लागि कानून बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ।”

केही समयअघि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा बालेन्द्रलाई चुनाव जिताउन सहयोग गर्ने  रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको ईस्पोर्ट्स (मोबाइल गेम) कम्पनीलाई महानगरले प्रतियोगिता आयोजनाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको समाचार प्रकाशित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved