सिंहदरबारमा प्रचण्ड र बाबुरामको बैठक, नेपाल र गौतम पनि जोडिँदै

नेपालभ्युज

सिंहदरबारमा प्रचण्ड र बाबुरामको बैठक, नेपाल र गौतम पनि जोडिँदै
फाइल फोटो

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा झण्डै एक घण्टा छलफल भएको हो।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए।

पार्टीले कारबाही गरेपछि नयाँ पार्टी गठनको तयारीमा रहेका बेला अध्यक्ष दाहाल र भट्टराईबीच भेटवार्ता भएको हो। प्रचण्डसँगको बैठकमा बाबुरामले समाजवादी केन्द्र बनाउने विषयमा समेत कुराकानी गरेको बताइएको छ।

आजै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमसँग पनि भेटवार्ता हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved