गायक सुजन चापागाईंको एकल लाइभ म्युजिक इभेन्ट हुँदै

तीनपाते, बाफ र घुमीघुमी जस्ता गीतबाट लोकप्रिय बनेका सुजनको यो पहिलो लाइभ म्युजिकल इभेन्ट हो। शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनले पाटन संग्राहलयमा लाइभ प्रस्तुति दिनेछन्।

नेपालभ्युज

गायक सुजन चापागाईंको एकल लाइभ म्युजिक इभेन्ट हुँदै

काठमाडौं। गायक सुजन चापागाईंको एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ। आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेन्टमेन्टको सहकार्यमा आउँदो शनिबार ललितपुरको पाटन संग्राहलयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिनेछन्।

तीनपाते, बाफ र घुमीघुमी जस्ता गीतबाट लोकप्रिय बनेका सुजनको यो पहिलो लाइभ म्युजिकल इभेन्ट हो। शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनले लाइभ प्रस्तुति दिनेछन्।

उनले आफ्ना चर्चित गीतहरूसँगै झलकमान गन्धर्वको दुुई ओटा गीत पनि गाउनेछन्। सुजनलाई गायिकाद्वय शान्ति श्री परियार र विद्या तिवारीले साथ दिनेछन्। सांगीतिक शो मा १३ जना बाध्यवाधक रहनेछन्। चर्चित वाध्यवाधकहरूका साथ स्टेज व्यवस्थापनमा रवि शाही, प्रकाश र ध्वनिलाई गुुणस्तर बनाउन कोविद बज्र खटिरहेका छन्।

नेपालमा कोभिड–१९ को सुरुआतयता लाइभ म्युजिकल इभेन्ट पातलिएको थियो। ‘‘अब त्यो माहोललाई पुनःजागृत गर्न र गुणस्तरीय सांगीतिक शो को सुरुवात गर्न यो कार्यक्रम आयोजना गरेका हौं,’’ आयोजक तथा निर्देशक नवीन चौहान भन्छन्।

गुणस्तरीय म्युजिकल फिल्महरू निर्माण गर्ने आर्टमाण्डु टिममार्फत् हालैमात्र ‘चोरको स्वर’ मञ्चन भएको थियो। लिम्बुु संस्कृतिको विहेको कथामाथि बनेको ३६ दिनसम्म मञ्चन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved