मंंगलबारदेखि देशभर ठूलो पानी पर्ने सम्भावना

पर्सी मङ्गलबार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। अहिले दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको हो।

नेपालभ्युज

मंंगलबारदेखि देशभर ठूलो पानी पर्ने सम्भावना

काठमाडौं। पर्सी मङ्गलबार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। अहिले दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको हो।

मौसमविद् विनु महर्जनका अनुसार मङ्गलबार रातिदेखि तीन÷चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आउने मङ्गलवारदेखि केही दिन सकेसम्म यात्रा नगर्न पनि मौसमविद्ले सल्लाह दिएका छन्।

पानी नपर्दा  केही दिनदेखि देशभर गर्मी बढेको छ। देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ। तातो र सुक्खा हावा चल्न थालेको छ। पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतल महसुस भए पनि तराईका जिल्लामा केही दिनयता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ।

काठमाडाैसहित पहाडी क्षेत्रमा पनि दिउँसोको समयमा टन्टलापुर घाम चर्किँदा जनजीवन प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved