प्रिय पात्र

चरित्रवान् र इमानदार पात्र मन पर्छन्

म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासको मुख्य पात्र आमा पनि मलाई मन परेको पात्र हो। विश्वप्रसिद्ध यो उपन्यास निकै जोडदार छ।

चरित्रवान् र इमानदार पात्र मन पर्छन्

म वेद, पुराणलगायत पौराणिक ग्रन्थहरूको अध्येता रहेको हुँदा मलाई केही पौराणिक पात्रहरू असाध्यै मन पर्छन्। जसमा निम्न पात्र छन्।

१. विदुर

महाभारतको पात्र विदुर मलाई मन पर्ने पात्र हुन्। उनी असल र चरित्रवान् पात्रका रुपमा चिनिन्छन्। उनी कौरवपतिका प्रधानमन्त्रीसमेत भए। महाभारतको युद्ध हुँदा कुनै पक्षलाई समर्थन नगरी निष्पक्ष निर्णयसमेत गरे उनले।

जब पाँच पाण्डवले द्रौपदीलाई जुवाको खालमा थापे, त्यति बेला विदुरले भने, ‘किन यस्तो अनैतिक कर्म गरेको ? यस्तो गर्नु उचित हुँदैन।’ तर आफ्नो आग्रहको सुनुवाइ नभएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए र राज्यबाट बाहिर गए। महाभारतको युद्ध समापन भएपछि मात्र उनी बल्ल आफ्नो राज्यमा फर्किए। घृतराष्ट्र जेठा, पाण्डु माइला र विदुर कान्छा थिए। विदुर चाहिँ उत्तराधिकारी भए।

विदुर इमानदार र स्वच्छ छवि भएको उच्च चरित्रवान् पात्र हुन्। संस्कृत वाङ्मयमा ‘विदुर नीति’ नामक पुस्तक नै निस्किएको छ। सो नीतिमा राजनीतिसहित व्यक्तिगत जीवनलगायत विषयका नीतिहरू उल्लेखित छन्। ‘विदुर नीति’मा समाजलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने प्रसंगहरू छन्,।

२. लक्ष्मण

रामायणका पात्र लक्ष्मण पनि मलाई मन परेका पात्र हुन्। रामलाई वनबास पठाउँदा उनले विद्रोहको भाषामा भनेका थिए, ‘किन यस्तो गरेको ? राज्याभिषेक गर्ने बेला वनमा पठाउने ? म यस्तो अन्यायलाई सहन सक्दिनँ।’

राम वनबासमा जाने भएपछि लक्ष्मणले ‘म यस्तो राज्यमा बस्दिनँ’ भन्दै रामकै पछि लागे। उनले रामलाई समर्थन गरे। उनले आफ्नो अधिकार खोजेनन्। उनी अन्यायप्रति नडग्ने आदर्श पात्र थिए। चरित्रका हिसाबले राम आदर्शवादी भए पनि लक्ष्मण भने निर्भीक पात्र थिए।

३. राधा

कृष्ण धरावासीको उपन्यास ‘राधा’ कि पात्र राधा मलाई मन परेको अर्को पात्र हो। यो उपन्यासमा महाभारतकालीन पात्रलाई आधुनिक सन्दर्भमा उभ्याएर चित्रण गर्ने काम गरिएको छ। राधालाई यथार्थको संसारमा उभ्याएर सजीव चित्रण गर्न धरावासी सफल भएका छन्।

जीवन्त चरित्र भएको पात्रलाई उनले उभ्याएर उपन्यासलाई पठनीय र सम्प्रेषणीय बनाएका छन्। प्राचीन र वर्तमान समयलाई बुझ्न यो उपन्यास सफल ठहरिएको छ। शिल्प र शैलीगत हिसाबले यो अब्बल उपन्यास हो।

म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासको मुख्य पात्र आमा पनि मलाई मन परेको पात्र हो। विश्वप्रसिद्ध यो उपन्यास निकै जोडदार छ।

४. विश्वामित्र

मदनमणि दीक्षितको बहुचर्चित उपन्यास ‘माधवी’को पात्र माधवी पनि मलाई असाध्यै मन परेको पात्र हो। यो उच्चस्तरीय उपन्यास हो। दीक्षितकै अर्को उपन्यास ‘भूमिसूक्त’ को विश्वामित्र पनि मेरो प्रिय पात्र हो। उनी आफ्नै सामथ्र्यले आदर्श निर्माण गरेर अघि बढेका चरित्र हुन्।

‘भूमिसूक्त’ पढेपछि मैले विश्वामित्रको बारेमा राम्रो विश्लेषण गरेर समालोचना नै लेखेको थिएँ। नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति हुँदा दीक्षित, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र राप्रउ पोखरेल मैले अध्यापन गर्ने बुढानिलकण्ठ हाई स्कुलमा दशैँको बेला आउनुभएको थियो। हामी सबैले रोटी खाएर रमाइलो गरेका थियौँ। त्यही बेला दीक्षितले मलाई सो उपन्यास दिनुभएको थियो।

शुरुमा मैले सो उपन्यासबारे सानो टिप्पणी लेखेको थिएँ। सो टिप्पणी ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकमा छापियो। पछि भने मैले उक्त उपन्यासको लामो विवेचना गरेपछि दीक्षितलाई देखाएँ। उहाँले भन्नुभयो, ‘यो किताब म आफैँ छापिदिन्छु।’ पछि उहाँले बनारसमा लगेर सो विवेचनाको पुस्तक छाप्नुभयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved