बाबुरामले पार्टी फुटाउन खोजेपछि कारबाही, सच्चिएर आए राख्छौँ : उपेन्द्र यादव

नेपालभ्युज

बाबुरामले पार्टी फुटाउन खोजेपछि कारबाही, सच्चिएर आए राख्छौँ : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी फुटाउन खोजेपछि कारबाही गरिएको बताएका छन्।

शुक्रबार बिहान वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टीको हितविपरीत काम गरेका कारण बाबुरामसहित ९ जनालाई कारबाही गरिएको बताएका हुन्। उनले सच्चिएर आए पार्टीमा राख्ने पनि बताए।

उनले भने, ‘‘पार्टी फुटाउने षडयन्त्र गरेपछि जिम्मेवारीबाट मुक्त गरिएको हो। सच्चिएर आए पार्टीमा राख्छौँ।’’

जसपाले बिहीबार पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईसहित ९ जनालाई पार्टीको हितविपरीत काम गरेको भन्दै कारबाही गरेको थियो।

वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू हिसिला यमी, महिन्द्र यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

भट्टराईलाई हटाएर नेता अशोक राईलाई उक्त पदमा चयन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved