कांग्रेस केन्द्रीय समिति बैठक – आज मन्त्रीले जवाफ दिने

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने भएका छन्। केन्द्रीय सदस्यहरूले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरूले पनि जवाफ दिने कार्यक्रम राखिएको हो।

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक – आज मन्त्रीले जवाफ दिने

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने भएका छन्। केन्द्रीय सदस्यहरूले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरूले पनि जवाफ दिने कार्यक्रम राखिएको हो।

नेता रामहरि खतिवडाका अनुसार बोल्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेर आज बैठक समापन गर्ने काँग्रेसको तयारी छ। सोमबारदेखि जारी बैठकमा काँग्रेसका ८३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

यसअघि केन्द्रीय समितिको बैठकमा आउँदो दिनमा पालिका चुनावको नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो धारणा राखेका हुन्।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबार (आज) बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले निष्कर्ष निकाल्ने बताए। उनले जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि लैजानुपर्ने कुरामा केन्द्रीय सदस्यहरूले जोड दिएको बताए।

प्रवक्ता महतले पार्टीको भ्रातृ संरचना र सङ्गठनहरूलाई पूर्णता दिने र आउँदो प्रदेश र सङ्घको चुनावका लागि नयाँ अभियान सुरु गर्नुपर्ने कुरा पनि उठेको बताए। उनले पार्टी भित्रका असन्तुष्टिहरू पार्टीभित्र नै कुराहरू अभिव्यक्त गर्नुपर्ने कुरा पनि छलफल भएको बताए।
प्रवक्ता महतले महँगी, मूल्यवृद्धि, मलखादको अभावका बारेमा सरकार गम्भीर बनेर आउँदो चुनाव लक्षित हुनुपर्ने माग बैठकमा उठेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved