यो सरकारलाई अब स्विकार्न सकिँदैन : ओली

नेपालभ्युज

यो सरकारलाई अब स्विकार्न सकिँदैन : ओली
फाइल फोटो

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने बताएका छन्।

छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चुनावमा धाँधली गर्ने काम गरेको भन्दै वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताएका हुन्।

ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने उल्लेख बताए। वर्तमान सरकारसँग नराम्रा कामको थुप्रो भएको उनले बताए।

त्यस्तै ओलीले सरकारले बस्ने मान्छेले नराम्रा काम गरे पनि उनीहरूलाई पदबाट हटाउने आँट प्रधानमन्त्रीमा नभएको पनि बताए। अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने उनले ठोकुवा गरे।

ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म माओवादीले दिन नसकेको बताए। उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप लगाए।

ओलीले जनआन्दोलन अन्तिम दिन वैशाख ११ मा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको ड्राफ्ट आफूले तयार गरेको दाबीसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved