माओवादी बैठक : पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै समाजवादको आधार तयार गर्ने साधनका रूपमा विकास गर्ने सङ्कल्पसमेत गरेको मल्लको भनाइ छ।

नेपालभ्युज

माओवादी बैठक : पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ।

बिहीबार सम्पन्न पार्टीको केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो। बैठक आइतबारदेखि शुरु भएको थियो।

बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ।

बैठकले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको मल्ले जानकारी दिए।

बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै समाजवादको आधार तयार गर्ने साधनका रूपमा विकास गर्ने सङ्कल्पसमेत गरेको मल्लको भनाइ छ।

बैठकले वाम क्रान्तिकारी पार्टीबीचमा एकता र ध्रुवीकरणमा जोड दिँदै वाम लोकतान्त्रिक गठबन्धनमा आधारित रहेर आगामी निर्वाचन सम्पन्न गर्ने नीति लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved