नागरिकता विधेयक फिर्ता लिएर आजै अर्को विधेयक दर्ता गराउने तयारी

सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विधेयक दर्ता गराउने तयारी भएको हो।

नेपालभ्युज

नागरिकता विधेयक फिर्ता लिएर आजै अर्को विधेयक दर्ता गराउने तयारी

काठमाडौं। सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विधेयक दर्ता गराउने तयारी भएको हो।

प्रतिनिधि सभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो।

नागरिकतासम्बन्धी विधेयक संसदमा २०७५ साउन ४ गते दर्ता गरिएको थियो। यो विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले २०७७ साल असार ७ गते बहुमतले पारित गरेको थियो। विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

प्रतिनिधिसभाको यो कार्यकालमा पनि विधेयक पारित नभए जन्मसिद्ध नागरिकता भएका बुवाआमाका सन्तानले नागरिकता पाउन प्रतिनिधिसभाको अर्को कार्यकाल कुर्नुपर्ने हुन्छ। संसदमा भएको विधेयकलाई नियमित प्रक्रियामा लाँदा प्रतिनिधिसभाको यस कार्यकालभित्रै टुङ्गोमा पुग्न नसक्ने देखिएकाले फास्ट ट्र्याकबाट अघि बढ्न फिर्ताको निर्णय लिनुपरेको एक मन्त्रीले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved