अर्थमन्त्री शर्माबारे प्रचण्डले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

नेपालभ्युज

अर्थमन्त्री शर्माबारे प्रचण्डले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री जनार्दन शर्माबारे छलफल गर्ने बताएका छन्।

केन्द्रीय समिति बैठक स्थगित गरेर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकमा दाहालले अर्थमन्त्रीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका पूर्वस्थायी कमिटी सदस्य दीनानाथ शर्माले बताए।

शर्माले भने, “नागरिकता विधेयकलगायत विषयमा छलफल गर्न उहाँ बालुवाटार जाँदै हुनुहुन्छ। त्यहाँ प्रसंग उठेको विषय भएकाले अर्थमन्त्रीको विषयमा पनि कुरा हुन्छ।”

बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्दै उनको आलोचना भइरहेको छ। यसै क्रममा हिजो मात्र नेपाली कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माको राजीनामा मागेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved