अर्थमन्त्री शर्माबाट नैतिकताको अपेक्षा छैन : एमाले प्रमुख सचेतक भट्टराई

नेपालभ्युज

अर्थमन्त्री शर्माबाट नैतिकताको अपेक्षा छैन : एमाले प्रमुख सचेतक भट्टराई
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थमन्त्रालयका बारेमा विभिन्न विषयमा प्रश्न उठ्दा पनि पदमा रहिरहनु व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसंग नैतिकताको अपेक्षा भने नरहेको बताए।

उनले करका विषयमा छानबिन गर्न एमालेले माग गर्दा पनि १३ दिनमै सीसीटिभी फुटेज डिलिट गर्नु नियोजित भएको भन्दै आलोचना गरे। गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटिभी फुटेजहरु ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको व्यवस्थाबारे जानकारी गराउँदै उनले १३ दिनमै डिलिट हुनुको कारणबारे समेत जवाफ दिनुपर्ने बताए।

उनले यस विषयमा संसदीय छानबिन समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved